१४ बैशाख २०८१, शुक्रबार

काेविड १९ विरुद्धमा खटेका याेद्धाहरुलाई सम्मान

कपिलवस्तु

साउन २६ । जिल्लाकाे कृष्णनगर नगरपालिकाले काेराेना संक्रमण शुरु भएकै दिनदेखि हालसम्म अाफ्नाे ज्यान जाेखिममा राखि दायित्व निर्वाह गर्दै अाएकालाई अाज एक कार्यक्रमका बीच सम्मान गरेकाे छ ।

नगरभित्रका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि ,संघसंस्था तथा संचारकर्मीहरुकाे उत्साह बढाउनका लागि कृष्णनगर नगरपालिकाले जिल्ला मै पहिलाेपटक काेराेना वरियर्सहरुलाई सम्मान गरेकाे छ ।नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता एवं राेजगार संयाेजक इश्वरी पाैडेलकाे संचालनमा भएकाे कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी , स्वास्थ्य चाैकी इन्चार्ज , शिवराज अस्पतालका कर्मचारी , कार्यपालिका सदस्य लगायत सबै वडाध्यक्षहरु तथा सुरक्षा निकायका प्रतिनिधिहरुलाई प्रशंसा पत्र दिई सम्मान गरिएकाे थियाे ।

विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी संचारकर्मी तथा राहतमा सक्दाे याेगदान गरेका संघसंस्थाहरुलाई समेत कदरपत्र प्रदान गरिएकाे थियाे । कोरोना भाइरस संक्रमण विरुद्ध प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मि समेत कोरोना संक्रमित भएका थिए तरपनि अन्य संक्रमितहरुलाई आइसोलेशन सम्म पुर्याउने, भारतबाट आएका नेपालीका लागि खाना पानी लगायत सेल्टरहाेम व्यवस्थापन ,क्वारेनटाईन व्यवस्थापन जस्ता दायित्व निर्वाह गर्दै दिन रात खटि समुदायमा संक्रमण फैलनबाट बचाउदै जनताको सेवामा समर्पित ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नारायण गणका नेपाली सेनाका क्याप्टेन मेघराई भट्टलाई जनहि अठ्ठाइस हजारकन दरले नगद पुरस्कार र प्रशंसन पत्र प्रदान गरिएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख शाहले कोरोना भाइरस (काेविड १९) संक्रमण विरुद्ध कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै सबैलाई प्राेत्साहित गर्न या सम्मान प्रदान गरिएकाे बताउनुभयाे । नगरप्रमुख शाहले अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउदै विकास का काममा समेत सबैको सहयोग अावश्यक रहेको साथै काेभिड १९ अर्थात काेराेना राेगकाे महामारीले पूरा विश्व अक्रान्त रहेकाेले नेपाल जस्ताे विकासोन्मुख देश सिमित स्राेतसाधनका बवजूद हदैसम्म संक्रमण नियन्त्रण गर्ने प्रयास जारि राखेकाे अवस्था छ। खासगरि भारतिय सिमासंग सटेकाे यस कृष्णनगर नगरपालिकामा शुरुआती लकडाउनका समय खुला बार्डर हुदै नेपालीहरु भित्रिने क्रम बढी थियाे । दैनिक हजारौ नेपाली भित्रिदै गरेकाे भिडलाई सेल्टर दिने देखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रकाे क्वारेन्टाइन र आइसाेलेसन व्यवस्थापन समेत गराउनमा हाम्रा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपद प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकार बन्धुहरु प्रत्यक्षरुपमा खटिनुभएकाे थियाे । बढी चापका कारण संक्रमणकाे उच्च जाेखिममा रहेकाे हाम्राे पालिका जिल्लामै उत्कृष्ट क्वारेन्टान र अाइसाेलेसन व्यवस्थापन गरेकाे थियाे केही कमी कमजोरीहरु पनि थिए तर संक्रमणकालिन अवस्थामा जनता हताेेेत्साहित नहाेउन भनी हामी आफै खटेर संक्रमण नियन्त्रण गर्न लागिपरेका छाैं । आजकाे यस कार्यक्रममा हामी नगरपालिकाकाे तर्फबाट केही समाजिक अभियन्ता तथा काेराेना संक्रमणका बेलापनि आफ्नाे जिउज्यानकाे बाजि लगाएर सर्वसाधारणका लागि खटिनुभएका व्यक्ति सम्मान तथा थप चुनाैतीहरुका लागि डटेर अगाडि बढ्न उत्साहित गर्ने कार्य गरिएकाेमा अाफ्ना नगरपालिका परिवारलाइ पनि नगरप्रमुख शाहले बधाई दिनुभयाे ।

उक्त कार्यक्रम मा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुख सल्लाहकार तुफेल अहमद खां, मदरसा बोर्ड प्रदेश नं ५ उपाध्यक्ष मौलाना मसहुद खां नेपाली , निर्भय सिंह, सहदेव चाैधरी, ताेलेश्वर यादव लगायत सुरक्षाकर्मी, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी ,स्थानिय संचारकर्मि लगायतको उपस्थित रहेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट