१४ बैशाख २०८१, शुक्रबार

विजयनगरमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको अनुगमन


राम प्रघट कोरी
आषाढ २२ – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमवार एक टोलीले अनुगमन गरेको छ । गाउँपालिका अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अनुगमन गरिएको हो । गाउँपालिकाभित्र विभिन्न वडामा सञ्चालन भएको कार्यक्रमको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा वडा नं. ७ मा बर्थिङ सेन्टर भवन निमार्ण, बंगुर खोर निमार्ण, आइसोलेशन सेन्टरमा बेडको साथै क्वारेन्टाइनमा व्यवस्थापन लगायतमा विशेषका साथ कार्य भएको सहजकर्ता रुकैया खातुनले बताउनुभयो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले गाउँपालिकाभित्र विकासका क्षेत्रमा केही उत्कृष्ट कार्य गर्न सकेको र यस कोरोना महामारीको विषम परिस्थितिमा प्रभावकारी भूमिको निर्वाह गरेको अनुगमन टोलीले जनाएको छ ।
आज जिल्लाका समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, उपप्रमुख तारावती चौधरी , जिल्ला समन्वय अधिकारी रेउती रमण शर्मा, गाउँपालिका प्रमुख गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, सञ्चारकर्मी राम प्रघट कोरी, सहजकर्ता रुकैया खातुन लगायतको टोलीले अनुगमन गरेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट