१४ बैशाख २०८१, शुक्रबार

चुनावमा भागलिनेलाई राजपा द्वारा चेतावनी ।

निरहु यादव, जेठ १५ । माग संबोधन विना चुनाव कुनै पनि हालतमा हुन नदिने राजपा को केन्द्रीय निर्णय अनुसार कपिलवस्तुमा निरन्तर विरोध कार्यक्रमहरु भैरहेको छ । राजपाका केन्द्रीय सचिव रविदत्त मिश्रको नेतृत्वमा आज रुद्रपुर, बहादुरगंज, झिंगहा, गणेशपुर, जगदीशपुर, महाराजगंज र गैडहवा चौकमा कोण सभा गरि चुनावमा भाग नलिन अनुरोध गरेका छन् । संविधान संसोधन प्रस्ताव पास हुनुपर्ने, जनसंख्याको आधारमा स्थानीय तह को संरचना हुनुपर्ने, मोर्चाका कार्यकर्ताहरु माथि लगाइएका मुद्दा फिर्ता हुनु पर्ने आन्दोलनको क्रममा मारिएका हरुलाई सहिद घोषणा र छतिपूर्ति, घाइते तथा अपंगहरुलाई उपचार तथा राहत जस्ता मागहरु संबोधन नभए सम्म चुनाव हुन नदिने र चुनावमा सहभागी हुने उम्मेदवार र चुनाव गराउनेलाई रोक्न जस्तो पनि कार्य गर्न आफूहरु तयार रहेको र ज्यानको बाजी लगाउनु परे पनि आफूहरु एक कदम पनि पछि नहट्ने र कुनै पनि अप्रिय घटना घटेमा सरकार स्वयम जिम्मेवार हुने राजपाका केन्द्रीय सचिव रविदत्त मिश्रले बताए । त्यस्तै स्थानीय नेता राम प्रकाश चौधरीले चुनावमा सहभागीहुने पार्टी विरुद्ध आफूहरु प्रतिकार गर्ने बताए । भोलि सम्पूर्ण नेता तथा कार्यकर्ता को बैठक बसी संघर्ष समिति बनाउने र ठाउ अनुसार कार्यकर्ता परिचालन गर्ने कुरा रविदत्त मिश्रले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट