१४ बैशाख २०८१, शुक्रबार

काटिएका बिरुवाहरुको अनुगमन, २ जना हिरासतमा

कपिलबस्तु । सुकुमबासीकाे नाममा अतिक्रमणकारीहरुले कपिलवस्तु साझेदारी बन क्षेत्रमा अतिक्रमण गरेकाे बन कार्यालयकाे जग्गा लाई २ बर्ष अगाडि हटाई बृक्षारोपण गरिएको क्षेत्रको ४७२ वटा अर्जुनका बिरुवा काटी नोक्सानी गरेका छन ।

     उक्त नोक्सानी स्थल र काटिएका बिरुवाहरुको कपिलवस्तुका संचारकर्मिहरु, प्रहरी, प्रशासन, सबै साझेदारी बनका संयोजकहरु, उपभोक्ताहरु र कर्मचारीहरुबाट संयुक्त अनुगमन भयो । अनुगमन पछि टोलिले उक्त नोक्सानीको भत्सर्ना गर्दै कसुरदारलाई हदै सम्मको सजायाँ गर्नुपर्ने बताए । उक्त कसुरमा २ जनालाई हिरासतमा लिई अनुसन्धान भैरहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट