१४ बैशाख २०८१, शुक्रबार

थर्ड एलायन्स पााचौ को साधारणसभा सम्पन्न ।।

14619900_966972503432596_1334695274_nअर्जुन साह/ महोत्तरी ।
तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पााचौ साधारणसभा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सम्पन्न भएको छ ।
आईतबार दिन नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा सम्पन्न भएको सो पााचौ साधारणसभामा सञ्जालको आर्थिक हरहिसावको साथसाथै यो आर्थिक वर्षमा भएको कार्यहरुको समिक्षा गरिएको थियो ।
थर्ड एलायन्सका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षता तथा थर्ड एलायन्सका संस्थापक अध्यक्ष, टिमलिडर तथा अधिवक्ता दिपेन्द्र झाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा थर्ड एलायन्सले गरेका गतिविधिहरुको समिक्षा गर्दै आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुबारे चर्चा भएको थियो ।
सो कार्यक्रममा संस्थापक अध्यक्ष तथा अधिवक्ता दिपेन्द्र झाले मधेश आन्दोलनलाई थप उचाईमा पुर्‍याउन तथा मानवअधिकार हननका घटनाहरुलाई नजिकबाट निरिक्षण तथा अनुगमन गर्न थर्ड एलायन्सका प्रतिनिधिहरुले पुर्‍याउनुभएको योगदानको सराहना गर्नुभयो । उहााले थर्ड एलायन्सले मधेश आन्दोलनमा शहिद भएकाहरुको शहादत खेर नजाने वताउनुहुदै सो घटनामा दोषी देखिएकाहरुलाई कारवाहीको लागि अन्तराष्ट्रिय अदालतसम्म पुग्ने दावी गर्नुभयो ।
उहााले भन्नुभयो,‘कुनै पनि शहिदको शहादत खेर जाादैन्, हामी आन्दोलनमा दोषी देखिएकाहरुलाई कारवाहीको लागि अन्तराष्ट्रिय समुदायसम्म पुगेर उनीहरुलाई कारवाही गर्ने वातावरण बनाउाछौं ।’ थर्ड एलायन्सका प्रतिनिधिहरुले तराईका सबै जिल्लामा जोखिम मोल्दै अनुगमन गरी सत्यतथ्य पत्ता लगाएको बताउनुहुदै सोही अनुगमनको आधारमा दोषीलाई कारवाहीको वातावरण बनाउने आश्वासन दिनुभयो ।कार्यक्रममा सञ्जालका लेखा अधिकृत दिपेन्द्र दासले पेश गर्नुभएको हिसावलाई सबैले पारित गरेका थिए ।
कार्यक्रममा थर्ड एलायन्सका नवलकिशोर साह, नागेन्द्रकुमार कर्ण, विकरु यादव, सविता झा, पत्रकार दशरथ भण्डारी, किरण कर्णलगायतकाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट