१३ बैशाख २०८१, बिहीबार

भारतको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा ९ न्यायाधीशको एकैसाथ सपथ

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक एकैपटक नौ न्यायाधीशले शपथ लिएका छन्। भारतका प्रधानन्यायाधीश एनवी रमनालद्वारा मंगलबार नौ न्यायाधीशलाई एकैपटक सपथ गराएका हुन्।
मंगलबार सपथ लिनेमा तीनवटा महिला न्यायाधीश पनि सामेल छन्। नयाँ न्यायाधीशको सपथसँगै भारतको सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३३ पुगेको छ।

सपथ लिने न्यायाधीशहरुमा अभय श्रीनिवास ओका, विक्रम नाथ, जितेन्द्रकुमार महेश्वरी, हिमा कोहली, बी.बी नागरत्ना, सीटी रविकुमार, एमएम सुन्दरेश, बेला एम त्रिवेदी र पीएस नरसिम्हा रहेका छन्।
महिला न्यायाधीश नागरत्ना सन् २०२७ मा भारतको पहिलो महिला प्रमुख न्यायाधीश बन्न सक्ने सम्भावना उच्च रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सपथ ग्रहण समारोह सर्वोच्च अदालतको भवनको सभाहलमा भएको थियो। यसअघि भने भारतमा नयाँ न्यायाधीशको पदको सपथ प्रधानन्यायाधीशको अदालत कक्षमा दिलाउने गरिन्थ्यो। एजेन्सी

कपिलवस्तु टाइम्स १५ भाद्र २०७८, मंगलवार १५:१६

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस