१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी प्रदेशमा मन्त्रीलाई जसपाले तत्काल फिर्ता नबोलाउने

फाइल तस्बिर

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी चार मन्त्रीलाई जनता समाजवादी पार्टी, नेपालले तत्काल फिर्ता नबोलाउने भएको छ । केन्द्रमा पनि यसको प्रभाव पर्ने आँकलनसहित उनीहरुलाई फिर्ता बोलाउन नहुने पक्षमा शीर्ष नेताहरु पुगेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको विरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको एक घण्टा बित्न नपाउँदै चार सांसद उनकै पोखेरल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय आएको थियो । उक्त निर्णयले प्रदेशमा मात्रै नभएर केन्द्रमा समेत हलचल पैदा भएको थियो ।

जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले सोमबार साँढे चार बजे मन्त्रीको सपथ खाएका थिए । लगत्तै जसपाका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरी गर्दै तत्काल मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए । यादवले उनीहरुलाई सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको भन्दै विज्ञप्ती नै जारी गरेका थिए ।

तर, जसपाका शीर्ष नेताहरुले भने यसबारेमा कुनै विरोध जनाएका छैनन् । अध्यक्ष उपेन्द्र यादवले पनि तत्काल फिर्ता नबोलाउने संकेत गरेका छन् । तर, यादवले ती चार जना सांसदले पार्टीको हितविपरित काम गरेको भनेर गुनासो चाहीँ पोखेका छन् । यादवले उनीहरुलाई तत्काल कारबाही पनि नगर्ने र मन्त्रीबाट पनि फिर्ता नबोलाउने संकेत गरेका छन् । तर, यस विषयमा पार्टीको अब बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल गरिे यादवले जानकारी दिए ।

कपिलवस्तु टाइम्स ८ बैशाख २०७८, बुधबार ०२:१७

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस