१६ चैत्र २०८०, शुक्रबार

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा लागु औषध बरामद

बहादुरगंज कपिलवस्तु

हिजो राती ८:३० बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजको अस्थाई प्रहरी बिट नजिकै  प्रहरी सहायक निरीक्षक अम्पाराम चौधरीको कमांडमा खटिएको टोलिले संकास्पद अबस्थामा पैदल हिडी कृष्णनगरबाट चन्द्रौटा  तर्फ आईरहेका मान्छेलाई अस्थाई प्रहरी पोस्ट बहादुरगंजमा  सोधपुछ गर्ने क्रममा जिल्ला रुपन्देही बुटवल उप-महानगर पालिका वडा नं. ४  सिध्रा मंडीको हाल जिल्ला दांग त्रिभुवन उप महानगरपालिका – १० घोराही वस्ने वर्ष ३२ को सूरज श्रेष्ठा र जिल्ला दांग घोराही बस्ने कृष्णा बहादुर थापाको साथबाट  TRAMOL – 50 लेखेको १२० क्याप्सुल, Nitravet 10 को १०५ ट्याब्लेट ७ पत्ता  लागू औषध फेला परेकोले आवस्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गणेशपुर मा पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ l

कपिलवस्तु टाइम्स ३० कार्तिक २०७७, आईतवार ०६:५७

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस