११ बैशाख २०८१, मंगलवार

विजयनगरद्धारा समुदायस्तरमा स्वाब संकलन सम्पन्न

राम प्रघट कोरी
श्रावण ३१ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन स्वाब संकलन गरेको छ ।
विजयनगर गाउँपालिका भित्र बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, जनप्रतिनिधी र कर्मचारीहरु सहित २०१ जनाको स्वाब संकलन गरिएकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।
स्वाब संकलन गरिएका मध्ये महिला ४९ जना र पुरुष १५२ जना रहेका छन । गाउँपालिकाले विहिवार एक सुचना जारी गर्दै सम्बन्धित सबैलाई यहि साउन ३१ गते शनिबार गाउँपालिकाको वडा नम्बर ७ स्थित लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा स्वाब संकलनमा सहभागी हुन अनुरोध गरेको थियो ।
संकलन गरिएको स्वाब परिक्षणका लागि कोरोना अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
कपिलवस्तु टाइम्स ३१ श्रावण २०७७, शनिबार १४:२०

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस