१३ बैशाख २०८१, बिहीबार

सडक दुर्घटनामा १ जनाको मृत्यु


कपिलवस्तु / संवाददाता फागुन २६

कपिलवस्तुको जिल्ला को आर टि यो रोडमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जना को ज्यान गएको छ । उत्तर बाट दक्षिण जाँदै गरेको लु १९ प ५७१४ नम्बर को मोटरसाइकल बिपरित दिशा बाट आउदै गरेको लु १ त ७९३६ नम्बरको ट्याक्टर एक आपस मा ठोक्किदा मोटरसाइकल चालक राधेश्याम प्रजापतिको मृत्यु भएको छ ।बुद्वभुमी नगरपालिका ७ मानपुर बस्ने ३५ बर्षिय प्रजापती को बहादुरगन्जमा रहेको शिवराज अस्पताल मा उपचार को क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । मोटरसाइकलमा सवार बिजयनगर ५ बस्ने सालिकराम यादव को भैरहवामा उपचार भैरहेको पौडेल ले बताए । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक भने फरार रहेको प्रहरीले जनाएको छ । आइतबार साझ साढे ७ बजे भएको उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक पौडेलले बताए ।

कपिलवस्तु टाइम्स २६ फाल्गुन २०७५, आईतवार १६:५७

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस