१५ चैत्र २०८०, बिहीबार

पत्रकारिताले समाज परिर्वतन गर्न सकिन्छः उपाध्यक्ष खराल

सनिउल्ला धोबी, कपिलवस्तु असार १६
अकोरब प्रदेश नं ५ का उपध्यक्ष राजु खरालले पत्रकारिता समाज परिर्वतनको महत्वपुर्ण पक्ष रहेको बताउनु भयो । पत्रकारीता निश्पक्ष गरेमा मात्र पत्रकार र पत्रकारिता बालियो हुने बताउनु भयो । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजनामा र चित्रांश मिडिया प्रा लीको आयोजनामा एक हप्ते आधारभुत पत्रकारीता तालिमको समापन समारोहलाई सम्बोधन गदै उपाध्याक्ष खरालले यस्तो बताउनु भएको हो ।
तालिमको समापन समारोहको प्रमुख अतिथिको रुपमा सहभगी हुनु भएका खरालले तालिमा सिकेका सिप व्यवहारमा उर्तना सहभागीहरुलाई अनुरोध गर्नु भयो ।उपाध्यक्ष खरालले कृष्णनगर नगरपालिकाको ग्रामिण भेगका समस्याहरुलाई पत्रकारीताको माध्यमबाट समाधान गर्न सकिने बताएका थिए । कपिलस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा एक हप्ते आधारभुत पत्रकारिता तालिमको एक कार्यक्रम विच समापन गरिएको छ ।
त्यस्तै समापन कार्यक्रममा चित्रांश मिडिया प्रा लीका व्यवस्थापक अंकुश कुमार श्रीवस्तवले समाजका समस्यालाई सञ्चार माध्यमहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।
तालिममा पत्रकारको आधारभुत गुण, क्षमता विकास, पत्रकारिकताको मापदण्ड, मिडियाको परिभाषा, भूमिका, खोजपत्रकारिता, फिचर लेखन, द्वन्द र हिंसा, शान्ति तथा द्वन्द, संवेदनशिल पत्रकारिता, हार्ड न्युजलगायतका मुद्दामा कसरी सूचना संकलन तथा सम्प्रेषण कसरी गर्ने भन्ने विषयमा प्राथमिकताका साथ तालिम दिइएको थियो । असार १० गते देखि सुरु भएको तालिममा पत्रकार मनोज पौडेल, मनोज श्रीवस्तव, खग प्रसाद चपागाई, शम्भु शैनी र सनिउल्ला धोबी पत्रकारिता सम्बन्धी तालिम दिनु भएको थियो । तालिममा कृष्णनगर नगरपालिका क्षेत्रका २० जना सहभागि भएका थिए ।

कपिलवस्तु टाइम्स १६ असार २०७५, शनिबार १३:५८

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस