१२ बैशाख २०८१, बुधबार

दुई तल्ले घर भएका पनि चर्पी विहिन , नगरपालिकाकाे सेवासुविधा राेकिन सक्ने नगरप्रमुखकाे भनाई ।

 

कपिलबस्तु, पुस ३ । कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त गराउन वडाहरुकाे अनुगमन तिव्र   पारिएको     छ ।
नगरपालिका प्रतिनिधि, सुरक्षाकर्मी र डिवाससिसिका परिचालककाे संयुक्त टाेलीमा अाज नगरपालिकाकाे वडा नम्बर दुई र छ काे अनुगमन गरिएकाे छ । वडा नम्बर दुईकाे झण्डानगर र कृष्णनगर बजारकाे अनुगमन गर्दा दलित बस्तीका लगभग १५ घरधुरिमा चर्पी बनाउन नसकेका बास परिचालक सुष्मा मल्लले बताएकी छन । त्यसतै वडा नम्बर छ काे भिल्मी गाउँ भित्र पनि धेरैजसाे अार्थिक रुपले विपन्न घरपरिवारले शाैचालय निर्माण गर्न नसकेकाे वडाध्यक्ष अनुप शुक्लाकाे भनाई छ ।
अनुगमनमा नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाका हरेक वडालाई खुलादिशा मुक्त गराउन अाफु लागि परेकाे र गरिब ,विपन्न परिवारलाई पनि शाैचालय निर्माणमा चाहिने सहयाेग गरिने बताउनु भयाे । दुई तीन तल्ले घर भएकाले पनि शाैचालय निर्माण नगर्न शर्मकाे कुराे रहेकाेले अबदेखि यस्ता घरधनीलाई नगरपालिकाबाट दिईने सेवासुविधा समेत राेकिन सकने उनले बताए ।
भिल्मीमा ट्रयाक्टर र ठुला ठुला घर भएका घरधनीहरु समेत शाैचालय बनाएका छैन्न । अनुगमन गर्दा लगभग धेरैजसाे घरमा जग्गा भएपनि सरकारले केही देला भन्ने अासमा चर्पी नबनाएकाे पाईएकाे थियाे ।

३ पुष २०७४, सोमबार १३:०६

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस