१५ चैत्र २०८०, बिहीबार

तीज प्रतियाेगिता सम्पन्न ।।

दुवै समूह तर्फ गाेल्डेन पार्कले मार्याे बाजी             कृष्णनगर , भाद्र २। निजि विद्यालयहरुकाे छाता संगठन प्याब्सन कपिलबस्तले अाज तीज गीत तथा नाच प्रतियाेगिता सम्पन्न गरेकाे छ । निजि बिद्यालयका बिद्यार्थीहरुकाे अतिरिक्त क्रियाकलाप अन्तर्गत प्याब्सनकाे जिल्ला शाखाकाे पश्चिमी क्लस्टरले कृष्णनगर उद्योग वाणिज्य संघमा नजिकदै गरेकाे तीजलाई मध्यनजर तीज गीत तथा नाच प्रतियाेगिता सम्पन्न गरेकाे छ । कार्यक्रममा पश्चिमी क्लस्टरका कुल १२ वटा निजी विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाएकाे जसमा जुनियर र सिनियर गरि दुई समूह बनाईएकाे थियाे । निर्णायक समितिले जुनियर समुहमा प्रथम ,द्वितीय र तृतीय क्रमश गाेल्डेन पार्क एकेडमी, नेपाल भिजन स्कुल र मदरल्याण्ड एकेडेमी भएकाे थियाे भने सिनियर समुहमा गाेल्डेन पार्क र मदरल्याण्ड एकेडमी प्रथम तथा द्वितीय एवं तृतीय स्थानमा क्रमश सनराईज इ.बाे. र शिवगढी बाे. स्कुल गरेकाे जानकारी क्लस्टर संयाेजक धिरेन्द्र बिक्रम सिंहले दिएका छन । अतिरिक्त क्रियाकलाप संयाेजक विजय गुप्ताकाे अध्यक्षतामा शुरु भएकाे कार्यक्रमकाे संचालन शिक्षक बुद्धि थापाले गरेका थिए ।बाल बिबाह, बाल श्र्रम तथा महिला हिंसा जस्ता समाजिक समास्यामा केन्दीत रहेकाे कार्यक्रमका प्रमुख अतिथिमा प्याब्सन कपिलबस्तु काेषाध्यक्ष ताेयनाथ गैरेले उत्तिर्ण बिद्यार्थीहरु पुरस्कार वितरण गरेका थिए साथै कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिहंले विद्यार्थीहरुलाई यस्ता सांस्कृतिक कार्यक्रमप्रति प्राेत्साहन गर्न संघकाे हाल निशुल्क उपलब्ध गराइने प्रतिबद्धता समेत गरेका थिए । त्यसैगरि कार्यक्रमलाई सफलतापुर्वक समापन गराउन सहयाेग गरेका प्याब्सन पदाधिकारी गाेपाल पाठकलाई धन्यबाद दिदै अध्यक्ष गुप्ताले अतिथिहरु पिअारसी संयाेजक भुमिराज भट्टराई , शिक्षक जंगबहादुर शाही, रेशमलाल गैरे , प्रनि. संजय रिजाल तथा उपस्तिथ समपुर्णलाई तीजकाे शुभकामना दिदै समापन गरेका थिए ।

२ भाद्र २०७४, शुक्रबार १३:२२

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस