१३ बैशाख २०८१, बिहीबार

८ लाखकाे लगानीमा महेन्द्र पार्ककाे सुन्दरीकरण हुने ।।

अंकुश श्रीवास्तव,कपिलबस्तु ,चैत्र २९ । जिल्लाकाे कृष्णनगरमा रहेकाे महेन्द्र पार्कलाई सुन्दरीकरण गर्न वन उद्यान बनाईने भएकाे छ । कपिलबस्तु क्षेत्र न:५ का सांसद अभिषेक प्रताप शाहकाे पहलमा कृष्णनगर अवस्थित महेन्द्र पार्कलाई सुन्दरीकरण गर्न वन कार्यालयकाे अाठ लाखकाे अार्थिक सहयाेगमा बन उद्यान निमार्ण गरि संचालनमा ल्याउने जिल्ला वन कार्यालयका सहायक बनअधिकृत बशिष्टमुनि पाण्डेयले बताएका छन । उद्यान निर्माणका लागि बसेकाे बैठकमा सांसद शाहले अाफ्नाे संसदीय बजेटबाट ४ वटा चर्पी निर्माण गर्न सहयाेग गर्ने साथै फाउन्टेनमा समरसेबुलकाे लागि नेपाल खानेपानी संस्थान र कृष्णनगर नगरपालिकाबाट बजेट विनियाेजन गराउन पहल गर्ने बताए । बि.सं २०१५ सालमा निर्मित महेन्द्र पार्कमा बच्चाहरुका लागि स्लाइड, झुला, बाउन्ड्रीवाल, फाउन्टेन तथा अर्नामेन्टल बिरुवाहरु लगाई व्यावस्थित बनाउने उद्देश्य रहेका उद्योग बाणिज्य संग कृष्णनगरका वरिष्ठ उपाध्यक्ष श्रवण कुमार सुरेकाकाे भनाई छ । सांसद शाहकाे प्रमुख अातिथ्यतामा शुरु भएकाे बैठकमा कृष्णनगरका संघसंस्थाका प्रतिनिधि तथा स्थानिय व्यवसायीहरुकाे उपस्तिथि थियाे ।

२९ चैत्र २०७३, मंगलवार ०९:३९

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस