म जनताकाे सेवक हुं , टुरिष्ट नेता हाेइन : नेता शाह
कपिलवस्तु , फल्गुण १७ । कपिलवस्तु ३ का नेपाली कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाह आफु जनताकाे सेवक हुं , टुरिष्ट नरहेकाे बताउनुभयो ।
कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले म क्षेत्र मै छु जनतामाझ नै रहनेछु , टुरिष्ट हाेइन सेवक हुं भनी पत्रकारहरुलाई बताउनुभएको छ ।
नेता शाह ले ३ बर्ष म जनताकाे बीचमा रहेर सुख दुखमा सहभागी भएकाे बताउनुभयो । उनले क्षेत्र व बाहिरका समेतलाई भन्सारमा हुने समस्याकाे सहजता गर्दै आएकाे र सदैव गर्ने प्रतिवद्धतासमेत गर्नुभयाे । नेपाल व भारतमा कतै कुनै पनि समस्या पर्दा मेरा क्षेत्रबासीले मलाई नै खाेज्दै आउंछन र मैले सकेसम्भव सहयाेग समन्वय गरेकाे उनकाे भनाई छ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा कपिलवस्तु ३ बाट निर्वाचनमा हाेमिएका नेपाली कांग्रेसका तर्फबाट अभिषेक प्रताप शाह , नेकपा एमालेका विरेन्द्र कुमार कनाेडिया , राप्रपा छाेडेर रास्वपा पुगेका प्रकाश रजाैरिया , नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खां , राष्ट्रिय मुक्ति पार्टी लगायत ३ दलका गठबन्धनका साझा उम्मेदवार इश्वरदयाल मिश्र , राप्रपा का प्रेम शंकर शुक्ला , जनमतका इश्वर राउत लगायत मुख्य प्रतिस्पर्धाी मानिन्छन ।
