नेता गगन थापा कपिलवस्तु आउदै
कपिलवस्तु । नेपाली कांग्रेसका सभापति गगन थापा आज दिउँसो साढे १२ बजे कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा आउने भएका छन्। कपिलवस्तु नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले थापा आउने जानकारी दिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ द्वारा आयोजित कार्यक्रममा नेता थापाले समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा विकास निर्माणका एजेण्डाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले बताएका छन्।
कार्यक्रमलाई लक्षित गर्दै क्षेत्रीय कार्यसमिति र नगरस्तरका कार्यकर्ताहरू तयारीमा जुटेका छन्। सुरक्षा व्यवस्था तथा व्यवस्थापनका कामहरू पनि तीव्र पारिएको बताइएको छ। कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ बाट उम्मेद्वार सुरेन्द्र आचार्य चुनावी मैदानमा रहेका छन् । उम्मेद्वार आचार्यले चुनावी अभियान तीव्र पारेका छन् ।
