नीति निर्माण संगै बिकास पनि गरेकाे छु : नेता शाह
कपिलवस्तु , फल्गुन १ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताउनुभयो ।
संविधान निर्माण र संघीयता कार्यन्वयनपछि राज्य र हाम्राे क्षेत्रमा समेत पुल पुलेसाे , सडक , स्वास्थ्य चाैकी लगायत आधारभुत सेवा प्रवाहमा संतोषजनक प्रगति भएकाे छ ।
संविधानसभा निर्वाचनका बेला स्थानीय तह जनप्रतिनिधि विहिन थियाे र त्याेबेला संविधानसभा सदस्यले पाउने बिकास रकम धेरै नै कम थियाे त्यही कारण सबै क्षेत्र समेट्न सक्ने आवस्था थिएन । तर स्थानीय निर्वाचनपछि पचिसौं बर्षदेखि कर्मचारीकाे हातमा रहेकाे बिकास याेजना जनप्रतिनिधिहरुले चलायमान बनाए । संसदीय बजेट पनि बढेपछि झन बिकास निर्माणका कार्य भएका हुन । तर पनि जनताकाे भावना अनुरुप बिकास हुन सकेकाे छैन । जसकाे मुख्य कारण देशमा राजनीतिक अस्थिरता । केन्द्रमा सरकार जुनपनि दलकाे भएपनि एकल दलकाे बहुमत थिएन र बिकासका याेजना एउटाले हाल्ने अर्काेले काट्ने चलन बढी भयाे । संसदकाे रुपमा मैले क्षेत्रमा पहल गरि धेरै याेजनाहरु सम्पन्न गराएकाे नेता शाहले बताउनुभयो ।
उनले आफ्नाे क्षेत्रकाे बिकासमा आफुले सकेकाे सम्भव याेजना सम्पन्न गराएकाे बताउनुभएको छ ।
नेता शाहले संविधान निर्माणपछि जम्मा एक कार्यकाल प्रतिनिधि सभा सदस्य भई काम गरें तर काेराेना संक्रमणकालका बेला देशभरि नै बजेटमा कमी भएकाे थियाे । तरपनि आफ्नाे क्षेत्र र समुदायस्तरमा बिकासका केही प्रयास गरेकाे बताउनुभएकाे छ। नेता शाहका अनुसार उनले निम्न बिकासका याेजना सम्पन्न गराएका छन –
- कृष्णनगर-चन्द्राैटा फाेर लेन भारतीय दुतावाससंगकाे पहलमा २० किमी सडक निर्माण भएकाे छ ।
- बहादुरगंज- ताैलिहवाकाे बाणगंगा पुल अभिषेक प्रताप शाह र बृजेश कुमार गुप्ताकाे संयुक्त पहलमा डबल लेन भएकाे हाे ।
- बहादुरगंज- ताैलिहवासम्मकाे हुलाकीका लागि पटक पटक भारत सरकारलाई ध्यानाकर्षण गराई निर्माण सम्पन्न गराएका छन ।
- RTO सडक कृष्णनगरदेखि गणेशपुरसम्म निर्माण गरेका छन ।
- कृष्णनगरकाे ठकुरापुर जाने पुल अभिषेक प्रताप शाहकाे पहलमा निर्माण भएकाे हाे ।
- कृष्णनगरदेखि झुलनिया चाैराहासम्म कालाेपत्रे सडकका लागि २८ कराेड बजेट विनियोजन गराएका हुन ।
- २.८ कराेडकाे लागतमा पत्थरदेइया स्वास्थ चाैकी भारतीय दुतावासबाट दिलाएका हुन ।
- चरंगहवा नदीमा पक्की पुल निर्माणका लागि बजेट बिनियाेजन गराई सम्पन्न गराएका हुन ।
- शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन थेटर भवन , पटक पटककाे एम्बुलेन्स हस्तान्तरण अभिषेक प्रताप शाहकाे पहलमा भएकाे हाे ।
- छन्द कालेबाबु आँखा अस्पतालमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरेर निर्माण सम्पन्न गराएका छन ।
- सरुवाराेग अस्पताल चन्द्राैटाका लागि भेन्टिलेटर सहितकाे एम्बुलेन्स अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।
- ताैलिहवापछि दाेस्राे दमकल कृष्णनगर नगरपालिकामा अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।
- भारतीय दुतावासकाे सहयाेगमा शिवपुर , लक्ष्मणपुर र गुगाैलीकाे विद्यालयमा स्कुल बस हस्तान्तरण गरेका छन ।
- दर्जनौं गाउंमा सिचाईका लागि डिप ट्युबवेल अभिषेक प्रताप शाहकाे बजेटमा जडान भएका छन ।
- काेराेनाका बेला बन्द भएकाे कृष्णनगर भन्सारकाे मुख्य नाका र यात्रु नाकासमेत खुलाएका हुन ।
- काेराेनाका बेला केही व्यापारीसंग समन्वयमा भन्सार नजिकै
हाेल्डिङ्ग सेन्टर निर्माण गर्न आफ्नाे जग्गासमेत हस्तान्तरण गरेका छन । - महेन्द्र पार्ककाे जीर्णाेधार विभिन्न निकायसंग पहल गरि अहिले निर्माणाधीन अवस्थामा छ ।
- आफ्नाे क्षेत्रका सैयाैं बच्चालाई भारतीय दुतावाससंगकाे समन्वयमा छात्रवृत्ति दिलाएका छन ।
- बहादुरगंज , सैयाैं दलित र उपेक्षित परिवारका लागि गरिब आवास निर्माण गराएका छन ।
यी विशेष याेजना थिए तर २०७९ काे निर्वाचनमा हारपछि ३ बर्ष निरन्तर जनताकाे बीच रही सुख दुख बुझेकाे बताउनुभयाे । ठुला याेजना तथा विभित्र सा-साना याेजनाहरु पनि छन । विभित्र निकायमा पहलपनि गर्दै आएकाे शाहकाे भनाई छ।

