शिवराजमा पौष २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेयर गर्नुहोस

कपिलवस्तु ,पुस २० ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पौष २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ। नगर खेलकुद विकास समिति आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।
खेलकुद विकास समिति शिवराजका अध्यक्ष सन्तोष चौधरीले प्रतियोगिताका सबै खेल विधा व्यवस्थित, मर्यादित तथा विवादरहित रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकबीच समन्वय कायम गर्दै निष्पक्ष र पारदर्शी खेल वातावरण निर्माण गर्न विशेष ध्यान दिइएको बताउनु भयो ।
प्रतियोगितामा नगरभित्रका ११ वटा सामुदायिक र एउटा सस्थागत गरि १२ वटा विद्यालयका छात्र ३८६ , छात्रा २२८ गरि ७१४ जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहनेछ। एथलेटिक्स, कबड्डी, भलिबल, दौड, लङ जम्प, हाई जम्प लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइने शिक्षा शाखा प्रमुख पुर्ण बहादुर बि.क ले जानकारी दिनु भयो ।

Facebook Comments Box