रास्वपामा राशिद मिर्जाकाे क्रेज

सेयर गर्नुहोस

काठमाडौ,पुस १५। कपिलवस्तुका युवा नेता रशिद मिर्जा वेगकाे क्रेज कपिलवस्तुमा मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उत्तिकै बढ्दै गएकाेे छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन,राष्ट्रिय स्तर मै उनको क्रेज बढेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीअन्तर्गत मुस्लिम समुदायतर्फ मिर्जा राशिद बेगको नाम परेको हो ।

रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने सौभाग्य प्राप्त नेता बनेका छन्, जसले उनको पार्टीभित्रको विश्वास र जनआधारलाई स्पष्ट संकेत गर्छ ।

मुस्लिम समुदायतर्फ समानुपातिक सूचीमा पहिलो वरियतामा असिफ शाह र दोस्रो वरियतामा मिर्जा राशिद बेगको नाम परेको छ । त्यस्तै तेस्रोमा समिना मिया र चौथोमा मोहना अन्सारीको नाम सिफारिस गरिएको छ ।

रास्वपा केन्द्रीय समिति तथा लुम्बिनी प्रदेश छनोट समिति संयोजक गणेश पराजुलीका अनुसार घरदैलो अभियान, नीति–कार्यक्रम समेटिएको ब्लुप्रिन्ट प्रस्तुति र भोटिङमार्फत प्राप्त अंकका आधारमा समानुपातिक सूची तयार गरिएको हो ।

यस प्रक्रियाबाट मिर्जा राशिद बेग उच्च मूल्याङ्कनसहित छनोट हुनु उनको संगठन क्षमता, राजनीतिक स्पष्टता र जनसम्पर्कको बलियो आधारको प्रमाण मानिएको छ ।

छोटो समयमै पार्टी संगठन सुदृढीकरण, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान र समावेशी राजनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका मिर्जा राशिद बेगलाई कपिलवस्तुका भविष्यका राष्ट्रिय नेता का रूपमा हेरिन थालिएको छ ।

उनको नाम बन्द सूचीमा परेपछि स्थानीय स्तरमा समर्थक तथा शुभेच्छुकहरूमा उत्साह बढेको छ भने कपिलवस्तुले केन्द्रमा बलियो प्रतिनिधित्व पाउने अपेक्षा समेत थपिएको छ ।

Facebook Comments Box