जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

सेयर गर्नुहोस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् ।
नख्खु कारागारबाट धरौटीमा रिहाइ भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै उनले जेनजीको विद्रोहलाई रास्वपाले नै क्रान्तिमा बदल्ने जिकिर गरे ।

‘विद्रोह भएको छ, त्यसलाई क्रान्तिमा बदल्न बाँकी छ । सिंहदरबार त बनाउँला तर त्यसलाई बदल्नुछ । जेनजीको विद्रोहलाई हामीले रूपान्तरण गर्न बाँकी छ’, उनले भने ।

यस्तै विषम परिस्थितिमा पनि पार्टीलाई जोगाएकोमा कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई धन्यवाद दिएका छन् ।

‘ममाथि जिल्लैपिच्छे मुद्दा लगाएका छन् । तर पनि मैले विश्वास गुमाएको छैन । सत्य हार्दैन भन्ने मैले विश्वास लिएको छु । यो विश्वास मैले गुमाएको छैन । मसँग सास रहुन्जेल विश्वास बाँकी रहन्छ’, उनले भने, ‘चारैतिरबाट बाँड नै बाँड हानेको अवस्थामा पार्टी जोगाउनु चानचुने कुरा होइन । मेरो अनुपस्थितमा पार्टीलाई अझै उत्साह र एकताबद्ध बनाएकोमा डिपी अर्याललाई धन्यवाद दिन्छु’, उनले भने ।

लामिछानेलाई कार्यालय पुग्ने बेलामा पार्टीका नेताहरू, समर्थक तथा शुभचिन्तकहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।

Facebook Comments Box