नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

सेयर गर्नुहोस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्माले साफ यू- २० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्।

भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई बधाई दिएका हुन्। ‘साफ यू-२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

साफ यू-२० महिला कप शुक्रबार बङ्गलादेशमा शुरू भएको छ। थाहा खबर

Facebook Comments Box