सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलव वृद्धि गर्ने कानून पारित
एजेन्सी
सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ। सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आइतबार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभूत तलब र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिएका हुन्।
यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ। यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन्।
जसमा राज्यको कम्तीमा ५० प्रतिशत हिस्सा छ। यो कदम अन्तरिम सरकारले सत्ता लिएपछि पहिलो ठूलो ज्याला वृद्धि हो। किनकि देश एक दशकभन्दा बढीको युद्ध, व्यापक मुद्रास्फीति र पूर्वाधार पतनको आर्थिक परिणामसँग जुधिरहेको छ।थाहा खबर
Facebook Comments Box
