सिमाक्षेत्रमा काठ तस्करी माैलायाे, जंगल नभएका ठाउं दर्जनाै कष्ठमिल संचालनमा

कपिलवस्तु , फल्गुन १६ । लुकाई राखेकाे अवस्थामा प्रहरिले अवैध जंगली काठ बरामद गरेकाे छ ।
जिल्लाकाे विजयनगर गाउंपालिका ७ लालपुरकाे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा साढे पचीस क्युफिट सिसमकाे काठ बरामद गरिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ।
बिहान साढे नाै बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले दुई साइकल सहित ७६ हजार बराबरकाे काठ बरामद गरेकाे छ ।
नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु दिनहुँ भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।