१३ बैशाख २०८१, बिहीबार

पश्चिम नवलपरासीमा ८० हजार मुल्य बराबरको राँगा पाडा बरामद

उर्मिला यादव
फागुन ११

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको दुई वटा राँगा बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान भारतबाट भन्सार छली अवैध रुपमा डोहोर्याउदै ल्याउदै गरेको अवस्थामा सरावल गाँउपालिका वडा नं. ५ वडहरा दुवौलिया बाट बरामद गरेको हो । बरामद राँगा डोरीले डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि राँगा छाडि मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएको राँगाको प्रति जिउ (गोटा) ४० हजारका दरले ८० हजार मुल्य बराबर रहेको छ । बरामद दुवै राँगा आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट