७ बैशाख २०८१, शुक्रबार

भ्रष्ट प्रहरीलाई कारवाही हुदा सीमा नाकामा व्यापक प्रहरी परिचालन

रंजीत चौरसिया

पर्सा, १५ माघ / बिगत महिनादेखी सीमा नाका हुँदै तस्करी लगायत अपराधी क्रियाकलापको साथ साथै कमाइ खाने भाडो बनाएका भ्रष्ट प्रहरीहरू डिआइजी चन्द्रप्रकाश गौतमको आग्मनले नाखुस रहेको देखिन्छ । प्रदेश नम्बर २ मा पर्ने सीमा नाकाहरूबाट अबैध रूपले आयात निर्यात कारोबार गर्ने तस्कर गिरोहका साथै मुखमा ताल्चा हानिएका प्रहरीहरू डिआइजीको काम कारवाहीले नाखुस रहेको देखिएको हो ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीको प्रमुखको रूपमा डिआइजी चन्द्रप्रकाश गौतम आउनसाथ तस्कर गिरोह सङ्ग साटघाट रहेका प्रहरीका साथै आफ्नो सशस्त्र प्रहरी संगठनको नीति निर्देशनको पालना गर्दै सयौ घुमुवाहरूलाइ कारवाहीको लागि बाहिनी तानिनसाथ संगठन भित्रै खलबली मचिएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार डिआइजीको आग्मन हुनसाथ टयाक्टिकल स्क्वायड टिम गठन भएको थियो । सशस्त्र प्रहरी बल संगठनकै आदेशमा खटिएको टयाक्टिकल स्क्वायड टिमले एक महिना नबितिदै प्रदेश नम्बर २ को विभिन्न ठाउहरूबाट करीब १ करोड बराबरको अबैध मालसमान बरामद गरेको थियो । डिआइजी चन्द्रप्रकाश गौतमले टयाक्टिकल स्क्वायड टिमलाई ठाडो निर्देशनसाथ सीमा नाकामा कडाइ भएको थियो । जसका कारण तस्कर गिरोह र भ्रष्ट प्रहरीहरूमा खलबली मचिएको बताइन्छ ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको टयाक्टिकल स्क्वायड टिमले ८ लाख २८ हजार ५ सय, सप्तरीबाट १ लाख १३ हजार ३ सय, सिरहाबाट ३ लाख ४७ हजार ७ सय, धनुषाबाट ६ लाख १४ हजार ५ सय ७२, महोतरीबाट ९३ हजार ४ सय, सर्लाहीबाट ४ लाख ९१ हजार २ सय ७४, रौतहटबाट ८ लाख ३९ हजार ५ सय, बाराबाट ७ लाख ५ हजार ३ सय ६७ र पर्साबाट ३२ लाख ६३ हजार ५ सय ९५ रूपैया बराबरको अबैध मालसमान पक्राउ गरिएको सशस्त्र प्रहरीले ७ गतेसम्मको तथयान्कले जनाएको छ ।
डिआइजी चन्द्रप्रकाश गौतमले आदेश दिनसाथ टयाक्टिकल स्क्वायड टिमले सीमा नाका लगायत भित्री भेगहरूमा समेत निगरानी बढाइएको छ । सीमाबाट हुने अबैध क्रियाकलाप हालको समयमा ठप्प हुदा सीमामा खटिएका प्रहरीहरूलाई माथिल्लो कमाइ धन्दा समेत बन्द भएको छ भने बर्सौदेखि घुमुवाको रूपमा खटिने प्रहरीलाई बाहिनीमै थनकाइएको छ । एक जना श्रोतका अनुसार सादा पोशाकमा खटिने घुमुवाहरूलाइ कारवाहीको लागि तनिदा छटपटाएर केही सन्चार माध्यमले डिआइजी गौतमलाइ बदनाम गराउन लागि परेको बताए । डिआइजी चन्द्रप्रकाश गौतमले आफू रहुन्जेल कसैलाइ अबैध क्रियाकलाप गर्न छुट नदिने र कुनैपनि छेत्रबाट अबैध क्रियाकलापलाई बढावा दिने प्रहरी अधिकारीलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट