कपिलवस्तुलाई फुटवलमा ऐतिहासिक सफलता !

कपिलवस्तुले फुटवल खेलमा बुधबार ऐतिहासिक सफलता हासिल गरेको छ ।
रुपन्देहीको सैनामैनामा भएको प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधि हात पार्दै कपिलवस्तुले ऐतिहासिक सफलता हासिल गरेको हो ।
बुधबार सैनामैना रंगशाला मुर्गियामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई पराजित गर्दै कपिलवस्तु च्याम्पियन बनेको हो ।
कपिलवस्तुले अभिषेक चर्चलाई १−० ले पराजित गरेको हो । ५२ औं मिनेटमा मोहम्मद मोहम्मद ईन्द्रेसले गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
च्याम्पियन बनेसंगै कपिलवस्तुले नगद ७ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरको छ भने उपविजेता बनेको अभिषेक चर्चले ४ लाखमा चित्त बुझाएको छ ।
कपिलवस्तु ५ जना र अभिषेक चर्च ४ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको थियो ।
यस प्रतियोगिता मुर्गिया फुटबल क्लबको आयोजनामा भएको थियो ।
जिल्ला फुटवल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापा, कोषाध्यक्ष सुसिल सिंह ठकुरी, शंकर कार्की लगायतका पदाधिकारीहरुले कपिलवस्तुले फुटवल ऐतिहासमा महत्वपूर्ण जित हासिल गरेको बताएका छन् ।
यस सफलताले कपिलवस्तुमा फुटवलप्रतिको क्रेज थप बढ्ने र नयाँ नयाँ प्रतिभावान खेलाडीहरु उत्पादन गर्न कोशेढंगा सावित हुने उनीहरुको भनाई छ ।
उनीहरुले कपिलवस्तुलाई खेलको माध्यमबाट पनि चिनाउन सकिने बताएका छन् । वैखरी