एक्स्ट्राटेक ओभल स्टेडियममा फ्लड लाइटको परीक्षण सम्पन्न

काठमाडौं : रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ। बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो। स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए।
अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताए। निजी क्षेत्रले शुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको बताए। विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको बताए। उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताए।
बनाउन सुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको बताए। आइसिसि मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको बताए।
उनले भिआइपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए। प्याराफिट बनाउने काम बाँकी रहेको बताए। उनले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुसी भएको बताए। अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिबद्धता जनाए। थाहा खबर