१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तु अस्पताल प्रदेशिक अस्पताल झैं सुविधा सम्पन्न हुंदै


अरुण श्रीवास्तव
कपिलवस्तु ५ माघ ।
सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पताल प्रदेशिक अस्पताल झैं सेवा बिस्तार भई सुविधा समपन्न बन्दै छ ।
जिल्ला कै पुरानाे अस्पतालमा ४ भेन्टीलेटर सहित १० आईसियु बेड सहित कुल २५ बढी डाक्टरहरुले सेवा दिने भएका छन ।
बि.स. २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडेको मारेको छ । अस्पतालले बिषेज्ञष सहीतका डाक्टररु बढाउदै लगेको छ ।
तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ । अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा रहेको बताए । उनले अहिले अस्पतालमा ५० बढी बेड संचालनमा रहेको बताए । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध छन । नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ । यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ ।
ब्लड बैक अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिने छ । सामाजिक सेवा ईकाईहरु लैगींक हिंसा सेवा र नवजात शिशु स्हार केन्द्र समेत संचालन गरिनेछ । आख। फिजियो थेरापी, नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । हाईड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा संचालन भईसकेको छ । १२ करोकडो लागतमा ढेब बषै देखि अस्पताल आफनो भवनमा संचालनमा आए पछि कपिलवस्तु कै सबै भन्दा सुबिधासंपन्न अस्पताल भएको मेसु बन्जाडेले बताए ।
हामीले अस्पतालको सेवा सुबिधा बृद्धिकालागि धेरै पलह गरको छौ ’ बन्जाडेल भने ‘ ‘ अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्रै सेवाहरु पाउने गरेका छन ’ उनले भने । महिला अधिकारकर्मी माधुरी श्रेष्ठले अहिले अस्पतालको अवस्थामा धेरै नै सुधार आएको बताईन । ‘ दरबन्दी भन्दा बढी डाक्टर छन, सुबिधा संपन्न बनीरहेका छ, मेशीन औचार पनि धमाधम आएका छन ’ उनले भनिन ‘ अब बिरामीहरुको उपचारमा निकै सजिलो हुन्छ ’ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट