१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा हिन्दु युवा जागरण कार्यक्रम सम्पन्न


कपिलवस्तु।
माघ ३।महाकाल सामाजिक संस्था द्वारा कपिलवस्तुको शिवराज नगरपालिकाको रुद्रपुरमा हिन्दु धर्मकाे प्रचार प्रसार र युवा जागरण कार्यक्रम सम्पन्न भएको छ। श्री महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज बिश्वकर्माको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि हिन्दू धर्मको अभियन्ता अभिषेक जोशी ज्यू र बिशिष्ट अतिथिहरुमा शिवराज नगरपालिकाको वडा नम्बर ‌‌७का वडाध्यक्षको अनुप कुमार चौधरी,मनी”कश्यप” पाण्डे, विशाल क्षेत्री लगायत संस्थाका पदाधिकारीहरूका साथसाथै हिन्दु धर्मलम्बी एवम समर्थकको बाक्लो उपस्थिति रहेको थियो।
हिन्दु देशको रुपमा चिनिने एक मात्र देश नेपाल थियो तर राजनीतिक भागबन्डाका कारण हिन्दु धर्म हटाएर निरपेक्ष भएको धार्मिक अभियन्ता जोशीले दाबी गरेका हुन्। हाल देशको अवस्था हेर्दा निकै नै दयनीय हुन गएको छ। देशको नेतृत्व गर्ने नेताहरु अल्पसंख्यक धर्मको पछाडि लागि परेका र तिनको वकालत गर्दै आएका छन् तर सनातन हिन्दू धर्मको वास्ता नगरेको आरोप लगाएका हुन्। भोट तिनलाई मात्र गर्नुपर्छ जो हाम्रो धर्म, सांस्कृति र हिन्दुत्वको रक्षा गर्छ, भनेर सुझाव दिएका छन्। सनातन धर्म हिन्दूले सबै संग सहयोग, सहकार्य, सम्मान राख्ने भनी सिकाएको छ तर समय परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्न सक्नु पर्छ । यदि बाघले आफ्नो सिकार बनाउन लागेको छ भने त्यहाँ त्यसको सम्मान गर्ने होइन सुदर्शन नारी श्री कृष्णको रूपमा उपस्थित हुनु पर्छ भनेर जोशीले बताए।

कार्यक्रम सम्बोधित गर्दै शिवराज नगरपालिकाको वडा नं ७का वडाध्यक्ष एवम् आजको विशिष्ट अतिथि अनुप कुमार चौधरीले उपास्थित सम्पूर्णलाई आफ्नो देश धर्म प्रति आ‌स्था राखी सम्मान र सुरक्षा गर्नु हामी सबैको दायित्व हो। वडाध्यक्ष चाैधरी अनुसार आज जुन अधिकार र सम्मानको खोजी हुँदैछ, त्यो सब सनातन धर्मले सिकाएको हो भनी अब अन्यको पछाडि न लागी आफैंले आफैंलाई सुरक्षित राख्नु पर्छ।
आजको कार्यक्रममा क्षेत्रिय उपाध्यक्ष देवराज चौधरीले स्वागत गर्दै न्यानो मन्तव राखेका हुन् भने संस्थाका सचिव जितेन्द्र मौर्यले कार्यक्रम सञ्चालन गरेका हुन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट