सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो!

सेयर गर्नुहोस

काठमाडौं : सरकारले पशुपन्छीबाट १० लाख ५० हजार डोज जमेको वीर्य उत्पादन गरी हालसम्म ६ लाख ८० हजारभन्दा बढी डोज जमेको वीर्यको स्ट्र उत्पादन तथा वितरण गरिएको जनाएको छ।

बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको चालु आव २०८१/८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान सेवा पुऱ्याइएको उल्लेख छ।

६ लाख ८० हजारभन्दा बढी डोज जमेको वीर्यको स्ट्र उत्पादन तथा वितरण गरिएको र ३ लाख ६० हजारभन्दा बढी गाई,भैँसी तथा बाख्रामा कृत्रिम गर्भाधान सेवा पुऱ्याइएको उक्त प्रतिवेदनमा उल्लेख।

त्यस्तै,प्रतिवेदनमा पि.पि.आर, भ्यागुते, चरचरे लगायतका रोग विरुद्ध हालसम्म १ करोड ७० लाख भन्दा बढी खोप सरकारी स्तरबाट उत्पादन भएको भनिएको छ।प्रतिवेदनअनुसार समीक्षा अवधिमा ५४ वटा स्थानीय तहमा किसान सूचीकरण कार्य सम्पन्न भएको छ।

Facebook Comments Box