शिक्षक नै बन्नु पर्ने परिवारिक पृष्ठभूमिका चतुर्वेदी प्रहरीकाे डिआईजी बन्न पुगे

सेयर गर्नुहोस


अंकुश श्रीवास्तव
कपिलवस्तु , माघ १६ । शिक्षक नै बन्न पर्ने परिवारिक पृष्ठभूमि भएपनि नेपाल प्रहरीकाे वरिष्ठ पद डिआईजी बन्न पुगेकाे उमा प्रसाद चतुर्वेदीले बताउनुभएको छ ।
हिजाे उद्योग वाणिज्य संघ कृष्णनगरकाे नवनिर्वाचित कार्यसमितिले आयाेजना गरेकाे प्रमाणपत्र हस्तान्तरण तथा सम्मान कार्यक्रममा सम्मानित भएका उमा प्रसाद चतुर्वेदीले परिवारिक पृष्ठभूमि शिक्षक पेशा रहेकाले साे पेशा नै अंगाल्नु पर्ने दबाव चिर्दै नेपाल प्रहरीकाे डिआईजी बन्न पुगेकाे बताउनुभयो । उनले राजनीतिक कालखण्डका बीच देशमा घटित विभिन्न द्वन्द्व र घटनाक्रममा आफ्नाे पेशाप्रति इमानदार र अडिग भएकाे र सबैकाे साथ समर्थनका कारण याे सफलता पाएकाे विश्वास व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रममा बाेल्दै पुर्व राज्यमन्त्री इश्वर दयाल मिश्रले जिल्ला कै गाैरवका रुपमा नेपाल प्रहरीका डिआईजी पदमा पदाेन्नति हुनु भएका उमा प्रसाद चतुर्वेदीलाई बधाई दिदै सफल कार्यकालकाे शुभकामना दिनुभएकाे थियाे ।
त्यस्तै पुर्व सांसद एवम् संविधानसभा सभा सदस्य माननीय अभिषेक प्रताप शाहले आफ्नै गाउंठाउंका व्यक्ति नेपाल प्रहरी जस्ताे सम्मानित पेशाकाे उच्च पदमा स्थापित हुनु गर्वकाे कुरा रहेकाले हाम्राे पार्टी नेपाली कांग्रेसकाे तरफबाट कुनै प्रकारकाे सहकार्यकाे आवश्यकता भए जानकारी गराउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि कृष्णनगर क्षेत्र धेरै नै उर्वरक रहेका बताउनुभयाे । नेपाल टेलिकमका महानिर्देशक , नेपाल खानेपानि , विद्युत प्रधिकरण , विभिन्न मन्त्रालयका सचिव लगायत उच्च पदमा जनशक्ति यस क्षेत्रले उत्पादन गरेकाे वक्ताहरुले बताएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णनगरले मनाेनित भएका ११ जना सल्लाहकार सदस्य र १ जना प्रेस सल्लाहकारलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box