भारतमा शीर्ष कमाण्डरसहित १४ माओवादी विद्रोही मारिए
भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ ।
मन्त्रालयले मारिएका कमाण्डर जयराम चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँ दिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ ।
भारतको सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरुका कारण दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए।
गृहमन्त्री अमित शाहले यसलाई ‘नक्सलवादलाई अर्को शक्तिशाली प्रहार’ भएको प्रतिक्रिया दिएका छन्। उनले २०२६ को मार्च सम्ममा विद्रोह समाप्त गर्ने आफ्नो लक्ष्य नजिक पुग्न लागेको बताए।
Facebook Comments Box
