कृष्णनगर भन्सार प्रमुखकाे नियत मै खाेट, कम ताैल मालसामान देखाई ओभरलाेड पैठारी गरेकाे खुलासा

सेयर गर्नुहोस

कपिलवस्तु , माघ ५ । जिल्लाकाे प्रमुख नाका कृष्णनगर भन्सार हुदै भारतबाट आयात भइरहेका मालसामान कम ताैल देखाई भन्सार गर्ने गरेकाे तथ्य खुलेकाे छ ।

नया भन्सार प्रमुख फणीन्द्र खतिवडा आएदेखि भारतबाट पैठारी भई आयात हुने मालसामानकाे न्यून विजकमा कम ताैल देखाई बढी मालसामान पठाउदै गरेकाे तथ्य खुलेकाे छ ।
भन्सारकाे यार्डमा रहेकाे ताैल मेसिन विग्रेकाले मर्मतसमेत नगराउने र ओभरलाेड गाडी नियतपुर्ण ढंगले पठाउने गरिएकाे हाे ।
केही दिन पहिलाकाे घटना हाे भारतीय नम्बर प्लेट गाडी एनएल ०१ एएच ५१८९ मा ओेभरलाेड मेसिनरी सामानले दुम्किबासमा पुल भासिएकाे घटनामा कृष्णनगर भन्सार कार्यालयले आत्यधिक भार भएकाे लारी पठाउंदा भएकाे खबर बाहिर आएकाे थियाे ।
अत्यधिक भार बोकेको लरीका कारण दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो भनी विभिन्न संचारमाध्यममा खबर प्रकाशन भएपछि विभागदेखि कृष्णनगर भन्सारसम्म तनाव बढेकाे छ ।
त्यसपछि अर्काे घटना यही माघ ४ गतेकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बिहान लगभग दस बजेतिर प्रहरी चेकपोष्ट स्थित कृष्णनगरदेखि चन्द्रौटा तर्फ जांदै गरेको भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना साहेजनवा ग्राम केशवापार बस्ने बर्ष ४७ को शिवशंकर रायले चलाएको युपि ५३ एफटी ६८६९ नम्बर मिनिट्रक बिल भरपाईमा २६२५ के. जि. रहेको सिद्रा माछा चेक जाँच गर्दा कुल तौल २८३० के. जि. रहेको सो मिनि ट्रकमा २०५ के.जि. बढी सिद्रा माछा रहेको हुँदा न्यून विजक बनाइ सामान ओसारपसार गर्ने मानिस सहित गाडी नियन्त्रणमा लिइएकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनुभएको छ ।


सिद्रा माछा प्रति के.जि.५०० का दरले २८३० के.जि.को मुल्य चौध लाख पन्ध्र हजार र गाडिको रु पैंतिस लाख गरी जम्मा रु.उनन्पचास लाख पन्ध्र हजार भएको उल्लेखित सिद्रा माछा , गाडी चालक शिवशंकर राय तथा सवारी धनी जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ०७ बस्ने बर्ष ३३ को दुर्गा प्रसाद यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे ।

यसरी पटक पटक ओभरलाेड मालसामान पैठारी भइरहेकाे घटनाबारे भन्सार अधिकृत फणीन्द्र खतिवडालाई सुचना लिन खाेज्दा फाेन रिसिभ नगर्ने अफिस पुग्दा सुचना लुकाउन खाेज्ने गरेकाले तिनकै नियतमा खाेट देखिएकाे छ । कृष्णनगर भन्सार नाकाबाट यस्ता घटना पटक पटक घट्नु र भन्सार प्रमुखले कुनै प्रकारकाे सक्रियता नदेखाउनेले भन्सारकाे राजस्व लक्ष्य उठाउन समेत समस्या हुने देखिन्छ । विशेष स्राेतका अनुसार कम ताैल गराएबापतकाे बचेकाे राजस्व भन्सारमा बुझाउनुपर्ने भएकाले पैठारी गर्दन ओभरलाेड पठाउदै गरेका हुन । साे रकम स्तर अनुसारका कर्मचारीमा बाडफांड हुने गरेकाे तथ्यसमेत खुलेकाे छ ।

Facebook Comments Box