सकठ पर्व ! निर्जल व्रत राखेर सन्तान सुखकाे कामना गर्दै अवधीभाषी हिन्दु महिला

सेयर गर्नुहोस

कपिलवस्तु , माघ ४ । नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने मुख्यतः अवधि भाषी समुदायका हिन्दु महिलाहरूले आज सकठ चौथ पर्व मनाइरहेका छन् ।
सन्तान सुख समृद्धिकाे कामना गर्दै अवधीभाषीले मनाउने सकठ चाैथ पर्व आज तराईका विभिन्न जिल्लाका हिन्दु महिलाहरुले निर्जल व्रत बसेर मनाइरहेका छन ।
अवधि भाषी समुदायका हिन्दु महिलाहरू यस पर्वका दिन बिहान सबेरै उठेर तिलको पानीले नुहाई शुद्ध भई निर्जल व्रत बस्ने र बेलुका तिलको लड्डु उमालेकाे फर्सी, सखरखण्ड राखेर चन्द्रमाको दर्शनपछि पूजा गरि मात्रै पानी र प्रसाद ग्रहण गर्ने परम्परा रही आएको पुराेहित रेशमलाल शास्त्रीले बताउनु भएकाे छ ।

अवधि भाषी समुदायमा सकठ चौथ अथवा माघी चौथको रुपमा मनाइने यस पर्वमा व्रत बसी पूजा गर्ने आमाले छाेराको सुस्वास्थ्य, दीर्घायु सँगै कल्याण हुने विश्वास रही आएको छ । तिल ,गुड, सखरखण्डकाे सेवनले शरिरकाे पाचनशक्ति राम्राे हुने र प्रतिरोधक क्षमता बढ्ने वैज्ञानिक कारण पनि रहेकाे जानकारहरु बताउँछन् ।

Facebook Comments Box