नवनिर्वाचित पदाधिकारीकाे शपथ ग्रहण सम्पन्न ।

व्यापारी बिमा , बाकी रकम मुद्दती खातामा जमा गर्न निर्णय
अंकुश श्रीवास्तव
कपिलवस्तु , माघ ३ । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले आज शपथ ग्रहण गरेका छन ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ खुवाउनुभएकाे छ ।
लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन संचारकर्मी सनिउल्लह धाेबीले गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्र कुमार कानाेडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह , पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव , अर्जुन केसी , प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की , मुस्लिम आयाेग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट , रविदत्त मिश्र , कुनाल प्रताप शाह , पुर्व अध्यक्ष रामकुमार गुप्ता, विजय कुमार कानाेडिया , जावेद खां , संजय गुप्ता, सुशील श्रीवास्तव, ब्रहम्मानन्द उपाध्याय, राजेन्द्र केडिया लगायतकाे उपस्थिती थियाे ।





शपथ ग्रहण सकिएपछि नया कार्यसमितिकाे बैठक बसेर ३ जना सदस्य शुभम अग्रवाल, सविता उपाध्याय, रामदिन जयसवाललाई मनाेनित गरि कार्यसमितिलाई पुर्णतः दिएकाे छ । त्यस्तै व्यासायी मध्ये पुर्व अध्यक्ष विजय कुमार कनाेडिया, रवि अग्रवाल, धनन्जय सिंह, साकीर अहमद शाह , कृष्ण प्रसाद अग्रहरी, ओममणि त्रिपाठी, दिनेश कुमार कनाेडिया, राम अवतर अग्रवाललाई आठ सदस्यीय सल्लाहकार समितिमा मनाेनित गरेकाे छ भने स्थानीय संचारकर्मी अंकुश कुमार श्रीवास्तवलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएकाे वरिष्ठ उपाध्यक्ष नसरुल्लह खांले बताउनु भएकाे छ ।
नया कार्यसमितिले सुचिकृत प्रत्येक व्यापारीकाे दुर्घटना बिमा, संघका खातामा बांकी बचेका रकमलाई फिक्स डिपाेजिट गर्ने निर्णय गरेकाे सचिव ऋषभ अग्रवालले बताउनुभएकाे छ ।