मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबसमा रक्तदानसहित संस्कृतिक कार्यक्रम सम्पन्न
नेपालगन्ज ,माघ ०३ गते । मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष्ता मिथिला समाजको अध्यक्ष राम लोचन साह तथा संचालन भरत महतोले गर्नुभएको थियो।
मिथिला सेवा समाज नेपालगन्जको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मिथिला समाजको ९२ बर्षीय समाजसेवी बेदामी साह , बिशिस्ट अतिथिहरुमा बाँके क्षेत्र न २ को संघिय संसद डा. धवल शमशेर राना , नरैनापुर गाउँपालिका अध्यक्ष् ईस्तियाक अहमद शाह ज्यु, तथा मैथिली संस्कृतिकको धरोहर रविराज शाह , सहरी बिकाश कार्यालय नेपालगन्जका हाकिम राम आश्रय साह ,निल सागर सेवा आश्रमको आध्यक्षता उपध्यक्ष, महेन्द्र पुस्तकालयको प्रतिनिधि, साहु समाजको अध्यक्ष् हंसराम साहु , बैस्य समाजको अध्यक्ष् , माता बागेश्वरी मन्दिरको महन्थ , रेडक्रस बाँके, पत्रकार आशिस गुप्ता तथा मिथिला बासीको बाक्लो उपस्थिति रहेको थियो।
दोस्रो स्थापना दिबसको अवसरमा रक्तदान, सम्मान भिन्न सांस्कृतिक कार्यक्रम तथा मैथिली समुदायका परम्परागत लोक नृत्य , लोक नाचहरु मिथिला पहिरनमा नै प्रदर्शन गरियो। मैथली समुदायले विशेष रूपमा मनाउने यो पर्व तराई मधेशका साथै देशभरका विभिन्न ठाउँमा धुमधामका साथ मनाउने चलन छ।
यस कर्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष् रामलोचन साहले बर्षको योजना पेस गर्नु भयो , सचिव भरत महतोले आफ्नो कार्य योजना प्रस्तुत गर्नु भयो, कोषाध्यक्ष श्री रामचन्द्र पण्डितले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो र सह सचिव घनश्याम पाठकले कार्य बिबरण प्रस्तुत गर्नु भयो.
यसै समाजको कोषाध्यक्ष राम चन्द्र पण्डितले समाजको भबन निर्माण गर्नको लागि १० धूर जग्गा पनि प्रदान गर्नु भएको छ उहा दुवै जना श्रीमान् श्रीमती लाई ५ र ५ किलोको माला लगाई विशेष सम्मान रहेको छ ।
भबन निर्माण गर्न को लागि प्रमुख अतिथिको छोरा समाजसेवी, प्रतिष्ठित व्यक्ति बिक्रम साहले आफ्नो बुवाको नाममा १० लाख रुपैया दिने प्रतिबद्धता गर्नु भएको छ
मा.डा.धवल शमशेर रानाले १ महिनाको तलब दिने घोषणा गर्नु भयो नरैनापुर गा.पा. अध्यक्ष् ले १० लाखको ईटा दिने प्रतिबद्धता गर्नु भएको छ ।
यस पर्वमा विशेष रूपमा भुजाको लड्डु, चुराको लड्डु, तिलको लड्डु, दही, दूध, माछा, मासु जस्ता परम्परागत परिकार तयार गरी खाने प्रचलन रहेको छ। थारु समुदायका साथै मधेश, पहाड र हिमाली क्षेत्रका विभिन्न जाति–समुदायले पनि यो पर्व उल्लासपूर्वक मनाउने गरेको पाइन्छ।
यस कार्लेयक्रमरे मिथिला समाजकोको संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै लागि आत्मीय भाईचाराको सम्बन्ध कायम राखन योगदान पुर्याएको छ।


