सामुदायिक वन सामाजिक उत्तरदायित्व वहन गर्दै

सेयर गर्नुहोस


कपिलवस्तु ,पौष २८ । जिल्लाकाे रहतावल सामुदायिक वनको सामाजिक उत्तरदायित्व, वृद्धवृद्धा, सुत्केरी,अपाङ्ग, खेलाडी साथै प्रहरी लाई पनि सामाग्री प्रदान गरेकाे छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ र ५ को रहतावल सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्ना उपभोक्ता भित्रका ८० वर्ष माथी उमेरका ३० जना अति वृद्धवृधा लाई न्यानो फाइबर सिरक र आधुनिक लठ्ठी, २२ जना नव सुत्केरी लाई लोकल भाले र च्यावनप्रास, २ स्थानीय युवा क्लब लाई खेल समाग्री, ६ जना अपाङ्गता भएका नागरिक लाई फाइबर सिरक र वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरीले प्रयोग गर्नेगरी फ्लोरोसेन्ट ज्याकेट- १५ थान वितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले सामुदायिक वन हरूले वन सम्वर्द्धन र संरक्षण पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिदै आम्दानीको हिस्सा विपन्न नागरिकहरूको उत्पादन सङ्ग जोडिने कार्यक्रम सिर्जना गरेर नियमित आम्दानीको श्रोत बनाउने तिर ध्यान दिनुपर्ने बताउनुभयो, उहाँले यस प्रकारका कार्यक्रमले वनको आम्दानी नागरिकको घरमा पुग्दा नागरिकलाई वन प्रतिको अपनत्व बोध हुने बताउनुभयो ।

रहतवाल सामुदायिक वनका अध्यक्ष यज्ञ बेल्वासेले सामुदायिक वनहरूले आफ्नो आम्दानीको श्रोत राज्य लाई कर तिरेर राज्यको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्नुपर्छ भन्नेमा आफ्नो पुरा सहमति रहेको जनाउदै पुर्खाले जोगाएको वन सम्पदा लाई संरक्षण गर्ने र वन वाट हुने आमदानी समाजमा लगानी गर्नेमा आफु प्रतिबद्ध रहेको धारणा राख्नुभयो, कार्यक्रममा डिभिजन वन कार्यालय गौतमबुद्धका कार्यालय प्रमुख राजु क्षेत्रीले अहिले घाटगद्दीमा दाउरा र काठ पर्याप्त रहेकाले आवश्यक परेका नागरिकले राजस्व शुल्क तिर्ने वित्तिकै काठ प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, शिवराज साझेदारी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद पोख्रेल, सव डिभिजन वन कार्यालयका वन अधिकृत पहलमान मगर, कपिलवस्तु वन उपभोक्त समुहका अध्यक्ष गङ्गेशनाथ तिवारी, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box