विकासको नाममा वन अतिक्रमण नगरौं: मन्त्री कलवार

सेयर गर्नुहोस

कपिलवस्तु । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करन कलवारले वातावरण संरक्षण सबैको दायित्व भएको बताउनुभएको छ । उहाँले विकासका नाममा वन क्षेत्र अतिक्रमण गर्ने चलन बढेकोप्रति चिन्ता व्यक्त गर्दै वनजङ्गल जोगाउन सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री कलवारले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कलवारले वातावरण संरक्षणको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा मन्त्रीले हरियालीको प्रवर्द्धन र पर्यावरणीय सन्तुलनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडाध्यक्ष अनुप कुमार चौधरीले शिवराज नगरपालिकालाई हरित पालिका निर्माण गर्न प्रदेश सरकारको विशेष सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले हरियाली प्रवर्द्धनका लागि मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्नुभयो ।

वडाध्यक्ष चौधरीले कपिलवस्तुका किसानहरूको समस्यामा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँदै उनीहरूको पीडा समाधानका लागि ठोस योजना बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वातावरण संरक्षण, वन जोगाउने पहल, र हरित विकासका विभिन्न विषयमा छलफल गरिएको थियो ।

Facebook Comments Box