खुन डांका मुद्दाका फरार पुराना अपराधी धमाधम पक्राउ

अंकुश श्रीवास्तव
कपिलवस्तु , पुस २५ । जिल्ला कृष्णनगरबाट विभिन्न मितिमा खुन डांका मुद्दाका फरार अपराधी १३ बर्ष पछि पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय कृष्णनगरकाे टाेलीले विशेष सुराकीकाे आधारमा खाेजतलास गर्दा साविक शिवानगर गा.वि.स. वडा नं.०५ हाल कृष्णनगर नगरपालिका वडा नं. ०१ गुर्चिहवा बस्ने गौह्र कहांरका छोरा बर्ष अन्दाजी ५७ को सोमई भन्ने प्रकाश कहारलाई पक्राउ परेका छन ।
मंगलबार सांझ ५ बजे खाेजतलासमा खटेकाे टाेलीले साेमई कहारलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक माेहनमणि अधिकारीले बताउनुभएकाे छ ।
कहांरमाथि चोरीमा एक र खुन डांकामा चार गरि कुल पांच मुद्दामा कपिलवस्तु जिल्ला अदालतले ताेकेकाे ६१(एकसठ्ठी) बर्ष कैद र रु. ३,५२,७७८।–(तिन लाख बाउन्न हजार सात सय अठहत्तर ) रुपैयाँ जरिवाना असुल गर्न वाँकी रहेपनि फैसला कार्यान्वयनको सिलसिलामा फरारभएपछि खाेजतलास भई पक्राउ गरिएकाे प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ ।