बिजयनगरमा छाडा पशुचौपायाले किसान मर्कामा

सेयर गर्नुहोस

कपिलवस्तु , पुस १८ । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिकामा छाडा पशुचौपायाले किसानको बालिनाली चरेर नास गर्दा मर्कामा परेका छन् ।

जन तन दुख गरि लगाएको गहुँ उम्रीना नपाउदै गाइबस्तुले चरेपछी किसान निकै दुखी पिडित भएको बिजयनगर १ भगिरामपुर निवासी सुरज बिश्वकर्माले बताउनुहुन्छ । पोहोर साल १० कठ्ठा खेतको गहुँ बाली काट्न नपाएको बिश्वकर्माले बताउनुहुन्छ। जन तन गहुँको बीउ मल जोहो गरि लगाएको गहुँ गाईबस्तुले चर्दा किसान निकै मर्ममा परेका छन् । यसरी मिहिनेत गरेर बालिनाली लगायो हुर्कायो कट्नै पाइदैन , अब त बालिनाली नलगाउने बिश्वकर्माले बताउनुहुन्छ ।

आफुसङ्ग पैसा भई नभई बालिनाली  लगायो, मिहिनेत गर्यो हुर्कायो एकैछिनमा गाईबस्तुले सखाप पार्दिन्छ्न जित बहादुर दिसाले बताउनुहुन्छ । बालिनाली हुर्केर नकाट्दा सम्मा बिहान बेलुका खेतमा गएर बस्नुपर्ने दिसाले बताउनुहुन्छ । खेतमा  बस्ने किसानले जन तन बालिनाली सिहार्न पाउछन् ।
अहिले मात्र नभइ प्रत्येक बर्ष गाइबस्तुले धान, गहुँ, दलहन तथा तेलहन लगायतको बालिनाली खाईदिएर धेरै दुख पाइयो किसान तास बहादुर मगरले बताउनुहुन्छ ।

गाउँपालिकाले छाडा चौपायाको विषयमा केही पनि कदम नचालेको स्थानियले बताउँछन् । गाउँपालिकाले एउटा गौशाला बनाउनु पर्ने स्थानियले भनाई रहेको छ।

छाडापशुचौपाया ब्यवस्थापनको बारेमा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापासङ्ग बुझ्दा धेरै छाडापशुचौपाया नभएकाले ब्यवस्थापन नगरिएको बताउनुभयो । १/२ वटा फट्टाफुट्टा आउने भएकाले जनाताले आफै ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

यस्तै छाडापशुचौपाया ब्यवस्थापनको बारेमा बिजयनगर पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरसङ्ग  बुझ्दा प्रदेश लगायत जिल्लामा गौशाला निर्माणको लागि समन्वय भएको तर बजेटको अभावले निर्माण गर्न नसकिएको बताउनुभयो।बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले एकै ठाउँमा गौशाला निर्माण गर्न भनिए त पनि बजेटको कमिले सो काम गर्न नसकिएको बताउनुभयो । गौशाला निर्माण गर्न सके  २/४ जनाको जिबिकोपार्जन पनि त्यसै बाट चल्ने ठाकुरले बताउनुभयो । यो समस्या बिजयनगर गाउँपालिका लगायत तराईका थुप्रै जिल्लाहरुमा रहेको छ।

Facebook Comments Box