डुबान भाेगेकाे महेन्द्र माविमा चारकाेठे भवन शिलान्यास

कृष्णनगर , पुस १६ । बर्सेनि पानीकाे डुबान भाेग्ने कृष्णनगर नगरपालिकाकाे महेन्द्र माविमा चारकाेठे भवन शिलान्यास गरिएकाे छ ।
पानी जमेर पठनपाठन अवरुद्ध भईरहेकाले संघीय सरकारकाे सशर्त अनुदानकाे लगभग ५५ लाख बजेट कृष्णनगर नगरपालिकाले विनियोजन गरि ४ काेठे भवन निर्माण शुरु भएकाे छ । आज नगर प्रमुख रजत प्रताप शाहले भवनकाे शिलान्यास गर्नुभएकाे छ । केही असार -साउनकाे बर्षाकाेपानी प्रत्येक शैक्षिक सत्र शुरु हुने समयमै जमाव भए कक्षा संचालन हुन गाह्रो भएपछि निम्ति प्रअ शैलेन्द्र कुमार श्रीवास्तव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष संजय गुप्ताकाे पहलमा नगरकार्यपालिकाले साे बजेट विनियोजन गरेकाे हाे ।
कृष्णनगर नगरकार्यपालिकाले नगरसभाबाट कुल ५५ लाख बजेट विनियोजन गरि जेष्ठ मसान्तभित्र याेजना समपन्न गराइने लक्ष्य रहेकाे याेजनाका प्रविधिक प्रदीप कुमार चाैधरीले बताउनु भयाे ।
यसै शैक्षिकसत्रमा पानी जमाव भएर एक महिनाभन्दा बढी पठनपाठन बाधित भएकाे थियाे । अहिले विद्यालयमा संकलित हुने पानीकाे निकासी व्यवस्थापन पनि भईसकेकाे अध्यक्ष संजय कुमार गुप्ताले जानकारी दिनुभएकाे छ ।