कृष्णानगर भन्सारलाई अपग्रेड गर्न व्यापारीहरुको माग

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु पुस १० ।  भन्सार विभाग प्रमुखसंग भेटेर कृष्णानगर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका छन ।
आज कृष्णनगर भन्सार कार्यालय पुगेका भन्सार विभागका महा निर्देशक हरिशरण पुडाशैनीलाई भेटेर भन्सारलाई अपग्रेड गर्न स्थानीय व्यापारीहरु माग गरेका हुन ।
व्यापारीहरु तेस्रो मुलुक अयात , सुख्खा बन्दरगाह निर्माण, भन्सारमा भईरहेको व्यातिथि,प्लाईउड सिमेन्ट निर्यातमा सहजता, गल्ला व्यापारीको समस्या लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष विजय कुमार कानोडया , कुनाल प्रताप शाह, रितेश शर्मा, सकिर अहमद शाह, इसरार अहमद शाह लगायतले महानिर्देशक पुडाशैनीलाई भेटेर नाकालाई सुक्नबाट जोगाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।

Facebook Comments Box