१६ चैत्र २०८०, शुक्रबार

हिन्दु विराेधी जसपा नेता अांङकाजीलाई पुरी काे सुझाव ।।


कपिलवस्तु , पुस १० । जनता समाजबादी पार्टीका केन्द्रीय नेता अांङकाजी सेर्पालाई उनकै नेता रामनिवास पुरिले समाजिक संजाल मार्फत सुझाव दिएका छन ।?
अाज देशभरि प्रधानमन्त्री केपी शर्मा अाेलीकाे संसद विघटनकाे विराेधमा देशै भरि प्रदर्शन भईरहंदा जनता समाजबादी पार्टिका केन्द्रीय नेता अाङकाजी सेर्पाले हिन्दुधर्मावालम्बी हरुलाई अघात गर्ने पाेष्ट अाफ्नाे फेसबुकमा राखेका छन । संघीयतालाई अात्मसाथ गरि सबै धर्म जातजातिकाे पक्षमा वकालत गर्ने राष्ट्रिय पार्टीकाे रुपमा स्थापित जनता समाजबादी पार्टीका वरिष्ठ नेता समेत रहेका अाङकाजी सेर्पाले हिन्दु धर्मकाे विराेध गर्दैमा पार्टी लाई फाइदा हुने भनी समाजिक संजालमा श्रीराम लेखेकाे गम्छा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माअाेलीकाे पुतलामा बेरेरा जलाउन लागेकाे फाेटाे जसपा लगायतका लागिसमेत चर्चाकाे विषय बनेकाे छ। जनता समाजबादी पार्टीका कपिलवस्तु जिल्ला उपाध्यक्ष रामनिवास पुरिले अाफ्नाे फेसबुक मार्फत नेता सेर्पालाइ हिन्दुधर्मावलम्बीलाई हाेच्याएर पार्टी हित कहिलैपनि हुदैन भनी सुझाव दिएका छन । नेता पुरिले हाम्राे पार्टी सहिष्णुतागत सिद्धान्त बाेकेकाले पार्टीकै वरिष्ठ नेताद्वारा बारम्बार हिन्दुधर्मलाई लक्षित गरि दिइने वक्तव्य र क्रियाकलापले पार्टिलाई हानिमात्र गर्ने बताएका छन । नेता पुरिले नेपालमा बस्ने विभिन्न धर्मावलम्बीहरुकाे हकहितका लागि लड्ने हाम्राे दलकै नेताद्वारा हाेच्याउने कार्यहुंदा अाफु शर्मिदां रहेकाे बताउनुभयाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट