उद्योग वाणिज्य संघ निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत

अँकुश श्रीवास्तव/कपिलवस्तु , पुस ६ । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघ कार्यसमिति निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएकाे उत्साहका कारण प्रतिस्पर्धा पनि कडा हुने देखिएकाे छ ।
पुस १९ गते हुने उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा उम्मेदवारी दिने मिति आज सकिएकाे छ । अन्तिम दिनमा अध्यक्ष पदमा अहिलेसम्म कै अत्यधिक उम्मेदवारी दर्ता भएकाे छ । कुल ८ जना अध्यक्ष, २ जना वरिष्ठ उपाध्यक्ष , ४ जना उपाध्यक्ष , ३ जना महासचिव , ५ जना सचिव , २ जना काेषाध्यक्ष , एक जना महिला सदस्यमा एउटामात्र उम्मेदवारी दर्ता भएपनि थप १२ सदस्यका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएकाे प्रमुख निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी गराउनुभएकाे छ ।
संघकाे निर्वाचनमा प्रत्येक पदमा व्यापक उम्मेदवारीले प्रतिस्पर्धा बढाउने संकेत देखिएकाे छ । कृष्णनगर लगायत वरपरका व्यापारीहरुकाे साझा संस्था बनाउन मुख्य भुमिका खेल्ने कार्यसमिति गठन प्रक्रियामा सहमति हुन नसकेकाले निर्वाचनमा जानुपरेकाे थियाे तर आज अन्तिम उम्मेदवारी दर्ता भएपछि प्रतिस्पर्धा कडा देखिएकाे छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेद अलि मियाँ भन्नुहुन्छ – अहिलेपनि केही पदमा र सदस्यमासमेत सहमति हुन सके निर्वाचनमा हुने अनावश्यक खर्च घटाउन सकिन्छ जुन आजकाे महंगाई र देशकाे आर्थिक परिस्थितिकाे माग पनि हाे ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका पुर्व अध्यक्षहरु अध्यक्ष रामकुमार गुप्ता , गुरुशरण सिंह , विजय कनाेडिया चुनावी मैदानमा छन भने पहिलाे पटक साेहि पदमा शंकर प्रसाद शर्मा , साकिर अहमद , श्रवण सुरेका , अजित प्रताप सिंह र रितेश शर्माले उम्मेदवारी दर्ता गराएका छन । वरिष्ठ उपाध्यक्षमा नसरुल्लह खां, बिकास जयसवाल तथा दिनेश चन्द्र गुप्ताकाे उम्मेदवारी दर्ता भएकाे छ उपाध्यक्षमा रबि शाह , रविन्द्र गुप्ता, अस्लम खां, रामगाेपाल गाेयलले उम्मेदवारी दिएका हुन । त्यस्तै महासचिवमा रामसेवक अहिर , हरिओम तुल्स्यान र युवराज पाेख्रेल प्रतिस्पर्धामा छन साथै सचिवमा अरबिन्द अग्रवाल , विजय जयसवाल, शहबाज खा, ऋषभ अगणरवाल, चन्द्रशेखर बर्माकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएको छ । काेषाध्यक्षमा प्रतीक अग्रवाल र मनाज जयसवालकाे उम्मेदवारी दर्ता भएकाे छ । कार्यसमितिमा एक जना महिला सदस्य अनिवार्य रहेकाे खण्डमा जम्मा एक जना महिला उम्मेदवार उर्मिला कुमारी चाैधरीले मात्र दर्ता भएपछि निर्विरोध हुने सम्भावना बढेकाे छ ।
दर्ता भएका उम्मेदवारकाे अन्तिम नामावली आज ५ बजे प्रकाशन गरिएकाे थियाे भने भाेलि ७ गते ४ बजेसम्म उम्मेदवार उपरकाे दाबी विराेधका लागि समय छुट्याइएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशनपछि पुस ८ र ९ गते उम्मेदवारी फिर्ता लिनसक्ने र त्यसपछि साेहि दिन उम्मेदवारकाे अन्तिम नामावलीसमेत प्रकाशन गरिने छ साथै पुस १० मतपत्र नमुना प्रकाशन हुने निर्वाचन समिति सदस्य नन्दकिशाेर शर्माले बताउनुभएकाे छ ।
अहिले कृष्णनगर बजारमा चुनावी महाेल तातिरहेको छ । उम्मेदवार संख्या बढेपछि प्रतिस्पर्धा कडा हुने राजनीति जानकार बताउँछन् । खासगरि विशेष पदका उम्मेदवारहरु प्रचारप्रसारका लागि आ-आफ्ना याेजना र भाविकार्यदिशा लिएर व्यापारीहरु बीच छलफलमा जुटेका छन ।