गर्भवतीलाई बर्ड फ्लूको सङ्क्रमण घातक हुने एक अनुसन्धानको निष्कर्ष

काठमाण्डौ – अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवतीलाई बर्ड फ्लूको सङ्क्रमण घातक हुने जनाएको छ ।
मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले हिजो प्रकाशित गरेको अनुसन्धानले एक हजार पाँच सय भन्दा धेरै अनुसन्धान पत्रको समीक्षा गरेको र गर्भवतीका लागि बर्ड फ्लूको सङ्क्रमण घातक रहेको उल्लेख गरेको हो ।
अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्ड फ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।
उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रूपमा यो अध्ययन प्रकाशित गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अनुसन्धान टोलीले अनुसन्धानले गर्भवतीलाई जतिसक्दो छिटो महामारी योजनामा समावेश गर्न जोड दिएको छ । एमसीआरआईका अध्ययनका सह–लेखिका राहेल पर्सेलले गर्भवतीलाई नियमित रूपमा महामारीविरूद्धको उपचार र अन्य कार्यक्रममा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निष्कर्ष रहेको बताउनुभएको छ ।