कृष्णनगर उद्योग वाणिज्य संघ निर्वाचनकाे तयारी

अंकुश श्रीवास्तव
कपिलवस्तु , पुस १ । उद्योग वाणिज्य संघ कृष्णनगरकाे नया कार्यसमितिका लागि सहमति हुन नसकेकाेले निर्वाचन प्रक्रियामा प्रवेश गरेकाे छ ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे नया कार्यसमितिका लागि सहमति हुन नसकेपछि निर्वाचन समिति गठन गरिएकाे हाे ।
साधारण सभाबाटै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएकाे छ । अधिवक्ता ओमप्रकाश अर्यालकाे संयाेजकत्वमा सदस्य धीरेन्द्र बिक्रम सिंह , सुशील कुमार श्रीवास्तव , जम्सेर अलि मियाँ , नन्द किशाेर शर्मा, संजय कुमार गुप्ता , साहिद खांसहित निर्वाचन मण्डल गठन गरिएकाे हाे ।
निर्वाचन समितिले आज मतदाता नामावली प्रकाशन गरि भाेलि पुस २ गते ४ बजेसम्म मतदाता नामावलीमाथि दाबी विराेधका लागि समय छुट्याइएको छ भने ५ बजे अन्तिम नामावली प्रकाशित हुने निर्वाचन समितिले जनाएको छ ।
यसअघि खुला सत्रमा सहमति हुने कि निर्वाचनमा जाने भनी विषयमा उपस्थित अतिथिहरुले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।
प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले साधारण सभा सफल हाेस , अधिवेशनबाट उद्योग वाणिज्य संघ नया नेतृत्व पाओस भनी शुभकामना दिदै सहमति भएन भने निर्वाचन मै जांदा उचित रहेकाे सुझाव दिनुभयाे ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले देशमा लाेकतन्त्र छ वाणिज्य संघ पनि जनताकाे भावना अनुरुप लाेकतान्त्रिक हुनुपर्छ । सहमतिकाे प्रयास गर्नुस भएन भने निर्वाचनमा जांदा नै ठिक हुने बताउनु भयाे ।
नेपाली कांग्रेसका नेता एवं पुर्व राज्यमन्त्री विरेन्द्र कनाेडिया निजि क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्न मागेपछि उद्योग वाणिज्य संघले मिल्दैन भनेकाे थियाे । निजि क्षेत्रलाई धरासायी गराउन नपाइने अडान लिएकाे थियाे । कृष्णनगर उद्योग वाणिज्य संघ नेता प्रतिपक्षकाे हैसियत ३० लाख संघकाे हालका लागि दिएकाे बताउनुभयो ।
कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहले लाेकतन्त्रिक पद्धतिमा पनि सहमति भएर संघकाे नया कार्यसमिति गठन गर्न सकिन्छ । देशकाे बढ्दाे आर्थिक समस्याले खर्च कटाैती गर्नुपर्छ , निर्वाचन महंगाे भई थप भार वाणिज्य संघमाथि नै आउने भएकाले जनभावना बुझेर व्यापारीकाे हितका बारे साेच्नुपर्ने नेतृत्व चयन गर्नुपर्छ ।
पुर्वराज्य मन्त्री इश्वर दयाल मिश्रले एघारौं साधारण सभा सफल हाेस , अधिवेशन बाट उद्योग वाणिज्य संघले नया नेतृत्व पाओस भनी शुभकामना दिनु भएकाे थियाे ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेद मियाँले साधारण सभा सफल पार्न सबैे लाग्नुपर्ने बताउनुभयाे।अधिवेशन बाट उ. नया नेतृत्व पाओस सहमतिमा भए राम्राे नभए लाेकतान्त्रिक पद्धति अपनाउनु पर्ने सुझाव दिएका थिए ।
सभामा प्रदेश सभा सदस्य जानकी प्रसाद यादव , उपप्रमुख प्रतिनिधि भरत किशाेर चाैधरी, जसपा नेता अकरम पठान, उद्योग वाणिज्य संघ पुर्व अध्यक्ष विजय कनाेडिया , गुरुशरण सिंह , चेम्बर अफ कार्मसका अध्यक्ष महादेव पाेख्रेल समेतले सहमति नभए निर्वाचन प्रक्रियामा नै जानुपर्ने धारणा राखेका थिए ।