मावि इमिलियाकाे ह्याट्रिक , तेस्राे पटक विजयी भई रनिङ शिल्ड कब्जा

कपिलवस्तु , मंसिर २९ । जिल्लाकाे बुद्धभूमि नगरपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङशील्ड तथा मेयर कप प्रतियोगिता लगातार तेस्राे पटक विजयी भई रनिङ शिल्ड हात पारेकाे छ ।
बुद्धभुमी नगरपालिकाकाे खेलमैदानमा भईरहेकाे राष्ट्रपति रनिङशील्ड तथा मेयर कप प्रतियोगिता २०८१ मा श्री माध्यमिक विद्यालय इमिलियाले लगातार तेस्राे पटक जीत हासिल गरि राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेकाे हाे ।
आज सबैे खेलकाे फाइनलपछि नगरप्रमुख केशव श्रेष्ठले विद्यालयलाई शिल्ड हास्तानतरण गर्नु भएकाे थियाे ।
टुर्नामेन्टका अधिकाश खेलहरुमा आफ्नो धमाकेदार प्रस्तुति प्रदर्शन गरी बुद्धभूमि नगरपालिकाको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता गत तीन वर्षदेखि विजय प्राप्त गरी यो वर्ष सदाका लागि रनिङशील प्रतियोगिता हात पार्न सफल भएको विद्यालयका शिक्षक दिनेश भुसालले जानकारी गराउनुभएकाे छ । वहांले खेलमा उत्साहजनक तरिकाले सहभागी सम्पूर्ण खेलाडी भाइबहिनीहरूलाई सम्मानर साे सफलता हासिल गराउन लगनका साथ खटिएका विद्यार्थी र शिक्षक लगायत विद्यालय परिवारलाई बधाईका साथ सामाजिक संजालमार्फत आभार व्यक्त गरेक छन । सफलताको शिखरमा पुर्याउनका लागि अहोरात्र खट्नु भएका हुने खेल शिक्षक, प्रशिक्षकज्यूहरू, सम्पूर्ण शिक्षक साथीहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सहयोगी सम्पूर्ण हातहरुलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेकाे छ ।