यस्तो रहनेछ आजको मौसम

काठमाडौं : हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
Facebook Comments Box