बागलुङमा २१ वर्षपछि सडक स्तरोन्नति हुँदै

सेयर गर्नुहोस

ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ। लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो।

काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार संघीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा-भुदीखोला स्तरोन्नति भएको र यो वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ।

चालु आर्थिक वर्षमा भुदीखोला-पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए। यो सडकका निम्ति पाँच करोड रुपैयाँ विनियोजन भएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क-शिवालय-पिपलथर-–करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए।

Facebook Comments Box