विजयनगरमा आयाेजित बृहत रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत सङ्कलन
विजयनगर। कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा आयाेेजित बृहत रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत सङ्कलन भएको नेपाल रेडक्रस साेसाइटी बुटवल-रुपन्देहीले जनाएको छ । गाउँपालिकाकाे वडा नम्बर ६ बद्धाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियोे ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीकाे आयाेजना, विजयनगर गाउँपालिकाकाे सहयोग, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ विजयनगर गाउँ कमिटी र नेपाल रेडक्रस साेसाइटी बुटवल-रुपन्देहीकाे प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय ३० जना रक्तदाताले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकले जानकारी दिए । उनले बिहान ८ बजेदेखि सुरु भएको बृहत रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चलेकाे कार्यक्रममा उत्साहित भएर रक्तदाताले रक्तदान गरेका बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केेन्द्रीय महासचिव सुमन पुरीले सामाजिक सेवा भावले पराेपकार गर्ने इच्छाशक्ति बढ्दै गएको बताएका छन् । रक्तदान महत्त्वपूर्ण कार्य भएको भन्दै सामाजिक कार्यमा युवाहरू सधैँ सरिक हुँदै अगाडी बढ्नुपर्नेमा उनले जाेड दिए । उनले अझै पनि रगत दान गर्ने भ्रम रहेकाेले वैज्ञानिकले रक्तदानले कुनै प्रकारकाे असर नहुने प्रमाणित गरेपछि विस्तारै समाजका सकारात्मक साेँच बढ्दै गएकोले रक्तदान गर्ने रक्तदाताहरुकाे सङ्ख्या उल्लेखनीय रुपमा बढ्दै गएको बताए ।
यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले मानवता र सामाजिक हिसाब रक्तदान महत्त्वपूर्ण कार्य भएको र पुण्यकाे कामसमेत भएको बताए । उनले सर्वसाधारणलाई समेत जनचेतनाकाे हिसाबले पनि रक्तदान गर्ने कार्यमा सरिक हुनुपर्ने सन्देश पनि दिएकाे जिकिर गरे । अध्यक्ष थापाले विजयनगर आधारभूत अस्पताललाई सञ्चालन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरि अन्तिममा रहेकाे बताउँदै विजयनगरका नागरिकलाई टाढा जाने बाध्यता हट्नुकाे साथै आधारभूत सेवाहरुलाई अब यही अस्पतालबाट उपलब्ध हुने बताए ।
कार्यक्रमलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चाैेधरी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष तिलक गिरी लगायतले सम्बाेधन गरेका थिए ।